Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

चितवन : चितवन जिल्लाको भरतपुर महानगरपालिका–२ पुलचोकस्थित नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही जिल्लाको भरतपुर महानगरपालिका–२० बस्ने २० वर्षीय सविना परियार नारायणी पुलबाट सो नदिनमा हाम फालेकी थिइन् । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोस्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोलेको कमान्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्धार गरेको हो । उद्धार पश्चात् उनलाई उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट