Logo

Jul 25 2026 | २०८३, श्रावण ९गते

भरतपुरमा पहिलो पटक अन्तराष्ट्रिय डेरी एक्पो शुरु, दुग्ध किसान उत्साहित

भरतपुरमा पहिलो पटक अन्तराष्ट्रिय डेरी एक्पो शुरु, दुग्ध किसान उत्साहित


चितवन : चितवनको भरतपुरमा पहिलो पटक अन्तराष्ट्रिय डेरी एक्पो शुरु भएको छ ।  डेरीमा प्रबिधी अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ शुरु भएको एक्पो ५ दिन सम्म सचालन हुने चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ र चितवन उद्योग संघले जानकारी दिएको छ । एक्स्पोको एक समारोहका विच कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु विकास सचिव डा.दिपक खरालले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले दुग्ध विकासका लागि अन्तराष्ट्रिय डेरी एक्पो सफल सावित हुने बताए । 

एक्स्पोमा डेरीजन्य उत्पादन तथा मेसिन र प्रविधिका साथै दुग्ध किसान सहकारी र दुग्ध उत्पादनहरुको स्टलहरु राखिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगालेले जानकारी दिए । 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र चितवन उद्योग संघले संयुक्त रुपमा एक्स्पो आयोजना गरेका हुन् ।  दुध उत्पादन र डेरी उद्योगसँग सम्बन्धित विभिन्न वस्तु, औजार, उपकरण र प्रविधिहरु एक्स्पोमा राखिएका छन्। एक्स्पोमा पशुपन्छीको आहारा, औषधि, गोठ व्यवस्थापन र दुध संकलन गर्ने सहकारीहरु तथा डेरी उद्योगका लागि आवश्यक पर्ने औजार उपकरण निर्माण गर्ने भारत र नेपालका विभिन्न कम्पनीहरुका एक सय हाराहारी स्टल छन् । घ्यू, चिज जस्ता डेरी उत्पादन पनि छन् ।

गत वर्ष राष्ट्रिय स्तरको एक्स्पो गरेकोमा यसपटक भारतका कम्पनीहरु सहभागी गराएर अन्तराष्ट्रिय एक्स्पो गरेको चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले जानकारी दिए ।  आउँदा वर्षमा डेरी एक्स्पो जारी राख्ने उनले बताए ।
‘हाम्रा उत्पादनहरु के छन्, उत्पादनको गुणस्तर कस्तो छ रु त्यसका बारेमा उपभोक्ताले जानकारी लिन पाउने यस्तो एक्स्पोबाट हो,’ बगालेले भने । दुध उत्पादन, पशु स्याहार र डेरी उद्योगका लागि अन्तराष्ट्रिय तहमा आएका प्रविधिबारे पनि जानकारी हुने उनले बताए ।  दुधको बजार विस्तारका लागि एक्स्पोको राम्रो भूमिका हुने बगाललले बताए 

किसानदेखि दुग्ध सहकारी र डेरी उद्योगीहरुले प्रदर्शनीबाट लाभ लिन सक्ने बगालेले बताए । उपभोक्ताले पनि डेरी उत्पादनहरु खरिद गर्न पाउने छन् । एक्स्पोमा पशुपालन र डेरी उद्योगको अवस्था, नीतिगत व्यवस्था, देखा परेका चुनौतिहरु, सम्भावनाका बारेमा गोष्ठीहरु पनि हुने छन् । दुग्ध किसान र सहकारीलाई उत्प्रेरित गर्न विभिन्न कार्यक्रम पनि यो अवधिमा हुने बगालेले जानकारी दिए ।


साना देखि ठुला किसानलाई दुग्ध उत्पादनमा मेसिन र प्रबिधि बारे जानकारी गराउने मुख्य उदेश्य रहेको एक्पोमा नेपाल र भारतका उद्योगी ब्यबसायीहरुका साथै गाई भैसी पालनमा प्रयोग हुने औषधी पशु आहार बारे पनि जानकारी गराउने रहेको आयोजकले जनाएको छ ।

उत्पादनको हिसाबले आत्मनिर्भर हुँदै गरेको दूधवाट विभिन्न औधोगिक उत्पादन गर्ने प्रयोजनका लागि किसानहरुलाई मेशिन उपकरणको अवलोकनको अवसर प्रदान गर्न पनि एक्स्पो उपयोगि हुने आयोजकको दावी छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij