Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

पोखरीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

पोखरीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

रौतहट : रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–९ स्थित चेतनगरमा रहेको एक पोखरीबाट एक पुरुषको शव फेला परेको छ। स्थानीय बासिन्दाले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

स्थानीय राधेश्याम साहका अनुसार आज बिहान पोखरीतर्फ जाँदा पानीमा शव तैरिरहेको अवस्थामा देखिएको थियो। त्यसपछि आसपासका बासिन्दा जम्मा भई प्रहरी चौकी चेतनगरमा जानकारी गराइएको उनले बताए।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी चेतनगरबाट खटिएको टोली घटनास्थलमा पुगेर प्रारम्भिक मुचुल्का तथा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको कारणबारे अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij