Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

शङ्कास्पद वस्तु विस्फोट हुँदा चार बालक घाइते

शङ्कास्पद वस्तु विस्फोट हुँदा चार बालक घाइते

काठमाडौँ : सप्तरीको रुपनी गाउँपालिका–६, दुधैला खोलामा आज शङ्कास्पद वस्तु विस्फोट हुँदा चार बालक घाइते भएका छन्।वनभोज खान त्यहाँ पुगेका बालकले खोलामा भेटिएको खेलौनाजस्तो वस्तुलाई चुल्हो नजिकै राखेकामा उक्त वस्तु अचानक विस्फोट भएको प्रहरीले जनाएको छ।

उनीहरू विष्फोटपछिको छर्रा लागेर घाइते भएका हुन्। घाइते हुनेमा रुपनी गाउँपालिका–६ का ११ वर्षीय साहस मगर, ९ वर्षीय प्राशिस थापा मगर, १६ वर्षीय कविर थापा मगर र १३ वर्षीय छोरा सुरज विक रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले उक्त वस्तु बम भएको आशंका गरिएको बताउँदै अहिले अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट