चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले यो चोटि चितवन मात्र नभई सिंगो देशभर आफ्नो पार्टीको जित सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
शनिबार चितवन–२ का मतदाताहरुसँग भेटघाट गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
उनले मतदातालाई आग्रह गर्दै भने- ‘देशका विभिन्न भागमा मैले पुग्नुपर्ने छ। पार्टीको सभापतिको रूपमा मेरा केही दायित्वहरू छन्। यस पटक चितवन मात्र जिताएर काम हुँदैन, सम्पूर्ण देशभर जित सुनिश्चित गर्नुपर्छ । माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी भएका उनको खुट्टामा चोट लागेपछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । ‘डिस्चार्ज’पछि घरमै आराम गरिरहेका रवि बिहिवार मात्रै चितवन आएका थिए ।
खुट्टाको घाउका कारण उनलाई अझै सहज रूपमा हिँडडुल गर्न कठिन भइरहेको छ। यद्यपि फागुनमा भने सुदूरपश्चिमको दौडाहा सकेर फेरि पूर्व हान्निएका पार्टीका वरिष्ठ नेता बालेन्द्र साहसंग लामिछाने पनि चुनावी अभियानका लागि देश दौहाडामा जाने बताइएको छ। चितवन-२ मा लामिछाने २०७९ को आम चुनाव र २०८० वैशाखको उपनिर्वाचनमा उम्मेदवार भएर दुवै चुनावमा फराकिलो मतान्तरसहित विजयी भएका थिए । यो पटक चितवन-२ मा लामिछानेसहित २३ उम्मेदवार चुनावी मैदानमा छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij