निर्वाचन : निर्वाचन आयोगले माघ १८ देखि २३ गतेसम्म सम्पादन भएका मुख्य–मुख्य कार्यहरू सार्वजनिक गरेको छ । आयोगले शुक्रबार प्रेस विज्ञप्तिमार्फत मुख्य–मुख्य कार्यहरू सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अन्तर्गत डिजिटल प्लेटफर्म टिकटकसँग सहकार्यमा हस्ताक्षर सम्पन्न गरेको छ । आयोगले मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी प्रदेशस्तरमा अभिमुखीकरण कार्यक्रमसहित प्रत्येक वडास्तरमा स्वयंसेवक खटाउने तयारी गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गर्नुका साथै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ जारी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । शुक्रबार बिहान ८ बजेसम्म ७० निर्वाचन क्षेत्रका ८४ लाख ४० हजार मतपत्र छपाइ सकिएको छ । निर्वाचन आचारसंहिता अनुगमन एवं अनुपालनामा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरूलाई सक्रिय पारिएको प्रवक्ता भट्टराईले बताए ।
आयोगले माघ १८ देखि २३ गतेसम्म सम्पादन गरेका मुख्य–मुख्य कार्यहरू
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij