Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवन–२ बाट उम्मेदवार रवि लामिछानेको घर खरीदमा उठ्यो प्रश्न : करोडौं धरौटी बुझिसकेपछि घरको पैसा कहाँबाट ?

चितवन–२ बाट उम्मेदवार रवि लामिछानेको घर खरीदमा उठ्यो प्रश्न : करोडौं धरौटी बुझिसकेपछि घरको पैसा कहाँबाट ?

चितवन : चितवनमा चुनावी प्रचारमा सक्रिय रास्वपा सभापति रवि लामिछानेले हालै नयाँ घरमा गृह प्रवेश गरेका छन्। तर, उनले विभिन्न अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोगमा ६ करोडभन्दा बढी धरौटी तिरेको हिसाबले, नयाँ घर किन्ने पैसा कहाँबाट आयो भन्ने प्रश्न व्यापक चर्चा बन्दैछ।

रवि लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं, चितवन, र पर्सा जिल्लाका अदालतहरूले धरौटीमा छोडेका थिए। उदाहरणका लागि, कास्की अदालतले ६५ लाख, रुपन्देही अदालतले १ करोड, काठमाडौं अदालतले ६० लाख, चितवन अदालतले ५४ लाख र उच्च अदालत बुटवलले २ करोड ६८ लाख धरौटी तिर्न आदेश दिएको थियो।

सामाजिक सञ्जालमा समेत उनका समर्थक र आलोचकबीच यो विषय चर्चाको बिषय बनेको छ। कतिपयले सोधेका छन्, “पेशा वा व्यवसाय बिना पनि जेलमा बसेर करोडौं धरौटी बुझाउने व्यक्ति नयाँ घर किन्ने पैसा कहाँबाट ल्यायो?” केहीले सहकारी ठगीको पैसाले घर किनेको आरोप लगाएका छन्।

विशेषज्ञ र प्राध्यापकहरूका अनुसार, पत्रकारिता वा सञ्चार पेशाबाट करोडौंको सम्पत्ति जोड्नु कठिन छ। रविको सम्पत्ति स्रोत, भविष्यमा अझै सार्वजनिक हुन सक्ने चर्चा पनि भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट