भरतपुर : भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको कक्षा १० मा अध्ययनरत छात्रा ‘स्टुडेन्ट अफ द इयर’ को टप फाइभभित्र पर्न सफल भएकी छिन् । मार्सल आर्टस् (कराँते)मा विशेष दख्खल राख्ने ‘ब्ल्याक बेल्ट’ उनी अध्ययनका अलावा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय छिन् । भरतपुरस्थित बोस्टनरोडमा स्थायी बसोबास भएकी उनी कराँते, आइक्यू, नृत्य र विविध कौशलहरू प्रदर्शन गरी देशभरिबाट ‘टप फाइभ’मा चयन भएकी हुन् ।
नेपालको सबैभन्दा ठूलो प्रतिभा खोज्ने मञ्चका रुपमा रहेको ‘स्टुडेन्ट अफ द इयर’ले सन् २०२६ का लागि १३–२१ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई राष्ट्रव्यापीरूपमा सीप, रचनात्मकता र आत्मविश्वास प्रदर्शन गर्ने छात्रछात्रा सम्मिलित दुई सय विद्यार्थीबाट विजेता घोषणा गर्नेछ ।
रिहाना गैरेलाई खल्ती एप डाउनलोड गरेर भोट गर्न सकिन्छ । उनलाई मोबाइलमा खल्ती एप खोलेर प्रतियोगी नम्बर १५ की रिहाना गैरे चयन गरी भोट गर्न सकिन्छ । हिमालयन टिभीमार्फत प्रसारण भइरहेको सो रियालिटो शोमा १३ वर्षदेखि २१ वर्षसम्मको उमेर समूहका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी भएका थिए ।
आयोजकका अनुसार यो नेपालकै उत्कृष्ट रियालिटी शो हो । आयोजकले देशका ११ सहरमा लिएको अडिसनबाट छनोट भएका दुई सय जनामध्येबाट प्रक्रिया अघि बढाएको थियो । को थियो । । देशभरबाट छानिएका दुई सयबाट पहिलो चरणमा ४० जनामा छनोट भएका थिए । सो रियालिटी शोको उत्कृष्ट १० मा पर्नका लागि भोटिङ र निर्णयकको मुल्याङ्कनलाई आधार मानिएको थियो । त्यसबाट उत्कृष्ट पाँचनालाई फाइनलका लागि छनोट गरिएको थियो । विजेताले नगद पुरस्कार पाँच लाख र पाँच लाख रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् ।
महानायक राजेश हमाल, नायिका रेखा थापा र युवा वैज्ञानिक आरिफ शेख निर्णायक रहेको निर्णायक मण्डलको ‘जजमेन्ट’ २० प्रतिशत र ८० प्रतिशत अनलाइन भोटिङका आधारमा विजेता तय हुनेछ । सामाजिक सञ्जालकी प्रभावशाली व्यक्ति इभा गिरी उक्त रियालिटी शोमा होस्टको रुपमा रहेकी छिन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij