Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

क्यान्सर मेरा लागि नमिठो अनुभूति बनेको छ : प्रचण्ड

क्यान्सर मेरा लागि नमिठो अनुभूति बनेको छ : प्रचण्ड

काठमाडौँ : नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्सर रोग डर, पीडा समेत भएकाले नेपालमा यो रोग चुनौतीका रूपमा देखा परेको बताएका  छन् । 

विश्व क्यान्सर दिवसको अवसरमा बुधबार एक सन्देश जारी गर्दै प्रचण्डले आफ्ना लागि क्यान्सर नमिठो अनुभूति समेत रहेको बताएका हुन् । ‘क्यान्सर केवल एउटा रोग मात्र होइन । यो पीडा हो, डर हो, मृत्युसँग आमनेसामने उभिनुपर्दाको अनुभव हो’प्रचण्डले भनेका छन्, ‘यो निरन्तर सङ्घर्ष हो । त्यसैले क्यान्सरसँग लडिरहेका हरेक बिरामीको कथा फरक हुन्छ, उनीहरूको आँसु फरक हुन्छ, आशा फरक हुन्छ ।’

622209294_862283899951379_7685588493777102248_n                                                                    

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट