Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं : बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ थियो। यस आधारमा सुनको मूल्य तोलामै १४ हजार ४०० रुपैयाँ बढेको छ । 

यस्तै, आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ६१ हजार २ सय ३० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रति १० ग्राम २ लाख ४८ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ६ सय रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ थियो।

आज चाँदी प्रति १० ग्राम ४ हजार ८ सय १ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट