Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बालेन र सुदनकै शैलीमा लद्दाखमा ‘जेनजी आन्दोलन’ भड्काउन खोजेका सोनममाथि कठोर सजाय हुँदै

बालेन र सुदनकै शैलीमा लद्दाखमा ‘जेनजी आन्दोलन’ भड्काउन खोजेका सोनममाथि कठोर सजाय हुँदै


एजेन्सी : भारतको लद्दाखमा ‘जेनजी आन्दोलन’ भड्काउन खोजेको आरोप लागेका सामाजिक अभियन्ता सोनम वाङचुकको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

उनले नेपालमा बालेन शाह र सुदन गुरुङकै शैलीमा जेनजी आन्दोलन भड्काउन खोजेका थिए । तर उनलाई केन्द्र सरकारले युवालाई उक्साउने तथा राष्ट्रविरोधी भावना फैलाउने गतिविधि गरेको आरोपमा पक्राउ गरेको हो । उनलाई राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत हिरासतमा राखिएको छ ।  केन्द्र सरकारको तर्फबाट उपस्थित सलिसिटर जनरल तुषार मेहताले वाङचुकले आफ्ना भाषणमा केन्द्रीय सरकारलाई ‘तिनीहरू’ भनेर सम्बोधन गर्दै ‘हामी र उनीहरू’ जस्तो विभाजनकारी भाषा प्रयोग गरेको तर्क पेश गरे। यस्तो भाषा सामाजिक विभाजन सिर्जना गर्न पर्याप्त आधार हुने सरकारको दाबी छ।

सरकारले वाङचुकले विशेष गरी जेनजी पुस्तालाई उक्साउँदै लद्दाखमा नेपाल र बंगलादेश जस्तै अस्थिर अवस्था सिर्जना गर्नुपर्ने अभिव्यक्ति दिएको आरोप लगाएको छ। साथै, उनले भाषणमा आत्मदाहजस्ता प्रसंग उल्लेख गरी हिंसालाई प्रोत्साहन गरेको पनि सरकारको भनाइ छ।

तुषार मेहताले लद्दाख राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र रहेको उल्लेख गर्दै यहाँबाट सेनाको आपूर्ति हुने भएकाले पृथकतावादी विचार वा जनमत संग्रहको चर्चा गर्नु देशको सुरक्षाका लागि गम्भीर खतरा हुन सक्ने तर्क गरे ।

सरकारका अनुसार वाङचुकले कतिपय अवसरमा जनमत संग्रहको आह्वान गर्दै जनतालाई छुट्टै निर्णय लिन आग्रहसमेत गरेका थिए । यसको प्रतिवाद गर्दै वाङचुककी पत्नी गीताञ्जली आङ्मोले सर्वोच्च अदालतमा आफ्ना पतिले शान्तिपूर्ण रूपमा विचार व्यक्त गर्ने र विरोध गर्ने संवैधानिक अधिकार मात्र प्रयोग गरेको बताइन् । सरकारको आलोचना गर्नु नागरिकको मौलिक अधिकार भएको र त्यसकै कारण जेल सजाय दिनु गलत भएको उनको तर्क छ। सोनम वाङचुकसम्बन्धी मुद्दाको सुनुवाइ मंगलबार पनि जारी रहनेछ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट