Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

५० भन्दा धेरैपटक नेपाल आएका अमेरिकी नागरिक पक्राउ, यी नेताका नाममा उठाउँथे पैसा !

५० भन्दा धेरैपटक नेपाल आएका अमेरिकी नागरिक पक्राउ, यी नेताका नाममा उठाउँथे पैसा !

काठमाडौं : अध्यागमन विभागले एक अमेरिकी नागरिकलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । १२ वर्षमा ५० भन्दा धेरैपटक नेपाल आवतजावत गरेका ती अमेरिकी नागरिकले नेपाली कांग्रेसका सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम लिँदै रकम उठाउने गरेको पाइएको छ । सन् २०१४ देखि पर्यटन, वर्किङ, व्यावसायिकलगायत विभिन्न भिसामा पटकपटक नेपाल आएका अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।

ती अमेरिकन नागरिकले अन्तराष्ट्रियस्तरमा ‘फण्ड’ उठाउने उद्देश्यले कलेजका वेबसाइटहरूमा राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम, तस्बिर राख्दै ‘आवर डाइनामिक टिम’ भनेर उल्लेख गरेका थिए । उनले केपी ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरी, कृष्णबहादुरलगायत १३ जनाको परिचय दुरुपयोग गरेका छन्।

व्यवसायिक भिसा लिनका लागि उनले नेपालमा कमसिड नेपाल प्रालि भनेर कम्पनी दर्ता गरेको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट