Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

भोजपुर : जिल्लामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा परेका छन् । सुन्तलामा देखिएका विभिन्न रोगका कारण बगान नै सखाप हुने अवस्था आएपछि किसानको जीविकोपार्जनमै सङ्कट उत्पन्न भएको छ । लामो समयदेखि मेहनत गरेर हुर्काइएका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

भोजपुर नगरपालिका–६ का स्थानीयवासी किसान सोवित आछामेका अनुसार सुन्तलामा एैजरु पलाउने, हाँगा सुक्ने, फल नलाग्ने, फल झर्ने तथा पात पहेँलो हुँदै अन्ततः बोट नै सुक्ने समस्या देखिन थालेको छ । यी समस्याका कारण उत्पादन घट्दै गएको र कतिपय स्थानमा बगान पूरै नष्ट हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ । प्राविधिक सहयोगको कमी र समयमै उपचार नपाउँदा समस्या झनै बढ्दै गएको किसानको गुनासो छ । बगान नै सुक्न थालेपछि बाध्य भएर सुन्तलाका बोट काटेर फाल्नुपरेको भोजपुर –६ का किसान आछामेले बताए ।

“राज्यका सम्बन्धित निकायले सुन्तलामा देखिएको रोगको पहिचान गरी समाधानका लागि तत्काल पहल गर्नुपर्छ,”उनले भने, “बोट सुकेर बगाननै सखाप भएपछि किसान अत्यन्तै चिन्तामा परेका छन् ।”यहाँ उत्पादन भएको सुन्तलाले किसानको आयआर्जनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । तर पछिल्लो समय रोग र व्यवस्थापनको समस्याले सुन्तला खेती सङ्कटमा पर्दै गएपछि किसान चिन्तित बनेका छन् । किसानले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सुन्तला खेती जोगाउन दीर्घकालीन योजनाको माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट