बुटवल : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पाल्पा क्षेत्र नं. २ का उम्मेदवार सोमप्रसाद पाण्डेले जिल्लाका अधुरा विकास निर्माणका आयोजना पुरा गर्नु नै आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्। बुटवलमा आज पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री समेत रहेका पाण्डेले २०७९ को निर्वाचनमा आफू पराजित भएपछि पाल्पाको विकासले गति लिन नसकेको र स्थानीयकै आग्रहमा आफू पुनः निर्वाचनमा होमिएको दाबी गरेका हुन्।
पाण्डेले पाल्पाको विकासमा आफू पदमा रहँदा मात्र नभई नरहँदा पनि निरन्तर भूमिका निर्वाह गरेको उल्लेख गरे। सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि आफूले विशेष पहल गरेको स्मरण गर्दै उनले तत्कालीन अर्थमन्त्री युवराज खतिवडासँग बजेटका लागि अनसन बस्ने चेतावनी दिएपछि मात्र १० अर्ब रुपैयाँ सुनिश्चित भएको खुलासा गरे।
पाल्पालाई पर्यटकीय हब बनाउने योजना सुनाउँदै पाण्डेले निर्वाचन जितेमा नेपालकै सबैभन्दा ठुलो बुद्ध गार्डेन मूर्ति बनाउने नयाँ योजना अघि सारे। पाल्पा र बुटवलको निकटतालाई उपयोग गर्दै पर्यटन र पूर्वाधार विकासमा क्रान्ति ल्याउने उनको प्रतिबद्धता छ।
सोही अवसरमा पाण्डेले सर्वोच्च अदालतको प्रसंग निकाल्दै अदालत मात्र नभई नेपालीको सार्वभौमसत्ता नै जलेको भन्दै टिप्पणी गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij