Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

समानुपातिकको २ करोड ८ लाख ३० हजार मतपत्र छपाई

समानुपातिकको २ करोड ८ लाख ३० हजार मतपत्र छपाई

काठमाडौँ : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ ।  आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र छपाइबारे जानकारी दिएका हुन् । 

प्रवक्ता भट्टराईका अनुसार, प्रत्यक्षतर्फ पनि २५ जिल्लाको मतपत्र छपाइ सकिएको छ । माघ १७ शनिबार बेलुकासम्म ३० लाख मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छाप्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट