Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आक्रमण रोक्ने ट्रम्पको दाबीमा रुस मौन

आक्रमण रोक्ने ट्रम्पको दाबीमा रुस मौन

काठमाडौँ : रुसी आक्रमण अस्थायी रूपमा रोक्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई युक्रेनले स्वागत गरेको छ । तर रुसले यो दाबीको औपचारिक पुष्टि गरेको छैन । ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले किभसहित प्रमुख युक्रेनी सहरहरूमा एक सातासम्म आक्रमण नगर्न सहमति जनाएको दाबी गरेका थिए ।

ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद् बैठकमा ट्रम्पले अत्यधिक जाडोका कारण युक्रेन कठिन अवस्थामा रहेको उल्लेख गर्दै आफूले पुटिनसँग आक्रमण रोक्न आग्रह गरेको र उनले मान्यतासमेत दिएको बताए ।

तर उक्त वार्ता कहिले भएको हो भन्ने उनले खुलाएका थिएनन् । यसैबिच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पलाई धन्यवाद दिँदै कठोर जाडोमा ऊर्जा संरचना जोगिन अस्थायी आक्रमण रोक्न सके जीवनरक्षा गर्न सहयोग पुग्ने बताए । 

विद्युत् आपूर्तिलाई जीवनको आधार भन्दै उनले सम्झौता कार्यान्वयन हुने अपेक्षा व्यक्त गरेका थिए । जेलेन्स्कीले गत साता अवुधाबीमा अमेरिकी, युक्रेनी र रुसी अधिकारीबिच ऊर्जा संरचनामाथि आक्रमण रोक्ने विषयमा छलफल भएको पुष्टि गरेका थिए । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरे । रुसले अहिलेसम्म कुनै सहमति स्वीकारेको भनेर सार्वजनिक रूपमा भनेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट