Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

काठमाडौंमा निर्वाचन सुरक्षा : सेना-प्रहरीको गस्तीदेखि ‘सरप्राइज चेकिङ’सम्म

काठमाडौंमा निर्वाचन सुरक्षा : सेना-प्रहरीको गस्तीदेखि ‘सरप्राइज चेकिङ’सम्म

काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जिल्ला प्रहरी परिसर काठमाडौंले गस्ती बढाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले निर्वाचन लक्षित अहिले एकीकृत सुरक्षा गस्ती समेत सुरु गरिएको बताए ।

उनका अनुसार काठमाडौंमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती समेत सुरु गरिएको छ । यसका साथै होटल, लजहरुमा ‘डग स्नीफिङ’सहितको जाँच समेत सुरु गरिएको प्रहरीले बताएको छ । काठमाडौंका विभिन्न ठाउँहरुमा ‘सरप्राइज चेकिङ’ समेत सुरु गरिएको छ ।

सुरक्षा चुनौतीका खबर संकलन गर्दै त्यसलाई विश्लेषण गरी सुरक्षा रणनीति बनाएर काम गरिने एसएसपी थापाले बताए । काठमाडौं जिल्लामा ३२० मतदानस्थलहरु छन् । जसमा १७६ सामान्य र १४४ संवेदनशील मतदानस्थलहरु छन् । अतिसंवेदनशील मतदानस्थल भने काठमाडौंमा एउटा पनि छैनन् । निर्वाचनलाई लक्षित गरी काठमाडौंमा मात्रै ३ हजार ८५४ निर्वाचन प्रहरी भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट