Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

निर्वाचन सुरक्षाबारे आयोगको चासो, गृहमन्त्रीले भने– बिथोल्न खोजे कडा कारबाही हुन्छ

निर्वाचन सुरक्षाबारे आयोगको चासो, गृहमन्त्रीले भने– बिथोल्न खोजे कडा कारबाही हुन्छ

  • गृहमन्त्री ओमप्रकाश अर्यालले शान्तिसुरक्षा बिथोल्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन्।
  • अर्यालले निर्वाचन आयोगसँगको छलफलमा सरकार भयरहित निर्वाचनको वातावरण बनाउन प्रतिबद्ध रहेको बताए।
  • गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल गरी सुरक्षा योजना बनाएर काम गरिरहेको उनले उल्लेख गरे।

१५ माघ, काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले शान्तिसुरक्षा बिथोल्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन् ।

निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री अर्यालले भयरहित निर्वाचनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत आयोगका पदाधिकारीसँग बिहीबार निर्वाचन आयोगमा निर्वाचनको शान्तिसुरक्षा र निर्वाचनको समग्र व्यवस्थापकीय तयारीका बारेमा छलफल भएको थियो ।

छलफलमा गृहमन्त्रीले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिई कार्य गरिरहेको बताए । मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीलगायत सरोकारवाला सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको पनि उनले बताए । यसका लागि गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुनेगरी सुरक्षा योजना बनाएर काम गरिरहेको उनको भनाइ थियो । आपराधिक तथा निर्वाचनविरोधी गतिविधि उपर शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइसकेको पनि गृहमन्त्री अर्यालले अवगत गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट