Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गुल्मीमा आफ्नै बुबाद्वारा ३ महिने छोराको हत्या

गुल्मीमा आफ्नै बुबाद्वारा ३ महिने छोराको हत्या

गुल्मी : गुल्मीको इश्मा गाउँपालिकामा एक बाबुले आफ्नै नाबालक छोराको हत्या गरेका छन्। इश्मा गाउँपालिका-२ छल्दीटार बस्ने ४६ वर्षीय सन्त बहादुर कुमालले ३ महिनाका छोरा सुवास कुमालको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो।

प्रहरीका अनुसार सन्त बहादुरले बुधबार राति मादक पदार्थ सेवन गरी नाबालक छोराको हत्या गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हस्तिचौरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। मादक पदार्थको नशामा रहेका उनले कुन कारणले नाबालकमाथि यस्तो कृत्य गरे भन्नेबारे खुल्न सकेको छैन।

प्रहरीले अहिले अभियुक्त कुमाललाई हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट