Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

लुम्बिनी प्रदेशसभाको बैठक आज

लुम्बिनी प्रदेशसभाको बैठक आज

बुटवल :लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा सभामुख तुलाराम घर्तीमगरले प्रदेशसभा सदस्यको स्थान रिक्तसम्बन्धी जानकारी गराउने सम्भावित कार्यसूची छ ।


यस्तै, प्रदेशसभा सदस्यले समसामयिक विषयमा विशेष सम्बोधन गर्ने, जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिनेछ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्नेछन् ।

सैद्धान्तिक छलफलमा गरिएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट