Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सुर्खेतमा ईभी गाडी र मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुर्खेतमा ईभी गाडी र मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा भएको सवारी दुर्घटनामा परी एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ लाटिकोइलीका अन्दाजी ४२ वर्षीय पदमबहादुर विसी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार सोमबार बिहान सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको क‍.प्र. ०२००१ ज ०६२३ नम्बरको ईभी गाडी र विपरीत दिशाबाट आइरहेको भे. ६ प ३३२१ नम्बरको मोटरसाइकल वीरेन्द्रनगर नगरपालिका- ११ को भाङ्घारी नजिक आपसमा ठोक्किएका थिए ।

दुर्घटनालगत्तै विसीलाई प्रदेश अस्पताल कालागाउँ लगिएकोमा उपचारकै क्रममा बिहान १० बजेतिर मृत्यु भएको उनले बताए ।  ‘दुर्घटनामा मोटरसाइकल चालक रहेका विसी गम्भीर घाइते भए,’ बुढ्थापाले भने,  ‘उनको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।’

डीएसपी थापाका अनुसार ईभी गाडीका चालक वीरेन्द्रनगर नगरपालिका–७ बस्ने ४४ वर्षीय बालकृष्ण रिजाललाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट