माडी : नेपाली कम्युनिष्ट पार्टीबाट चितवन निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि–सभा उम्मेदवार रेनु दाहालले, दलगत आग्रह–पूर्वाग्रह नराखी साझा प्रतिनिधिका रूपमा आफूले काम गरेकाले जनताले पनि दलगत आवद्धताभन्दा माथि उठेर आफूलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सोमबार माडीको बसन्तपुरमा स्वदेश एफ.एम.कोसंग जम्काभेटमा बोल्दै भरतपुर महानगरपालिकाका निवर्तमान नगरप्रमुख तथा पूर्व सभासद (संविधानसभा सदस्य) समत रहनुभएका दाहालले कांग्रेस, एमाले, राप्रपा लगायत विभिन्न राजनीतिक दलसँग आबद्ध भए पनि विकासप्रेमी जनसमुदायले आफूलाई मतदान गरेको उल्लेख गर्नुभयो ।
चितवन क्षेत्र नं. ३ का मतदाताले विकास, काम र इमानदार नेतृत्व चाहेको उल्लेख गर्दै भ्रम, ठगी र छलबाट राजनीति गर्ने प्रवृत्तिलाई जनताले अस्वीकार गर्ने बताउनुभयो । “जनतालाई ढाँट्ने, छल्ने र आफ्नै स्वार्थमा अगाडि बढ्ने जनप्रतिनिधि चितवन क्षेत्र नं. ३ ले खोजेको छैन,” दाहालले जोड दिनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij