Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

जेनजी आन्दोलनबारे सुदन गुरुङको दाबी – पहिला गोली चल्यो, त्यसपछि मात्रै सिंहदरबार जल्यो

जेनजी आन्दोलनबारे सुदन गुरुङको दाबी – पहिला गोली चल्यो, त्यसपछि मात्रै सिंहदरबार जल्यो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा–१ को उम्मेदवार बनेका सुदन गुरुङले गत भदौमा भएको जेनजी आन्दोलनमा पहिले सुरक्षाकर्मीबाट गोली चलेको दाबी गरेका छन् । हामी नेपालका संस्थापक समेत रहेका सुदनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत आन्दोलनका क्रममा पहिला सुरक्षाकर्मीको गोली चलेपछि मात्रै अन्य विध्वंशात्मक गतिविधि भएको बताएका हुन् ।

जेनजी आन्दोलनपछि त्यसको अगुवाको रूपमा परिचित बनेका गुरुङले सामाजिक सञ्जालमार्फत सरकार र सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । उनका अनुसार आन्दोलनको सुरुवात शान्तिपूर्ण ढंगले भएको थियो, तर सुरक्षाकर्मीले गोली चलाएपछि अवस्था नियन्त्रणबाहिर गएको हो । ‘गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो,’ गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बच्चाहरू सुरुमा ढलेका हो, त्यसपछि मात्र संरचना बलेको हो। स्मरण रहोस् !’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट