Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान आज सुरु भएको छ। एमाले प्रदेशसभा सदस्य धर्मराज पाठकले पहिलो मत हालेका छन्। मतदान सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी–कैलालीमा भइरहेको छ।

सुदूरपश्चिममा स्थानीय तहका १७३ र प्रदेशसभा सदस्य ५१ गरी जम्मा २२४ मतदाता छन्। आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका १८ पद रिक्त हुने भएका कारण आज सातै प्रदेशमा मतदान भइरहेको छ। मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।

कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। बाँकी १७ पदका लागि आज निर्वाचन जारी छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख–उपप्रधान र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षलाई मतदाता बनाइएको छ। प्रदेश र स्थानीय तहका मतहरूको भार फरक–फरक छ, जसअनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रधानको मतभार १९ रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट