Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु

इस्लामाबाद,पाकिस्तान : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिमपहिरो जाँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । हिमपहिरोबाट एक जना बच्चालाई जीवितै उद्धार गर्न सफल भएको अधिकारीहरूले बताएका छन् ।

यो घटना जिल्लाको पाहाडी क्षेत्रमा भएको हो, जहाँ भारी हिमपातपछि हिमपहिरो आउँदा १० जनाको परिवारलाई हिउँ र भग्नावशेषमुनि पारेको उद्धार प्रवक्ता बिलाल फैजीललाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।

भारी हिमपात र चरम मौसमको अवस्थाले पहाडी क्षेत्रहरूमा हिमपहिरो लगायतका घटनाहरूको जोखिमलाई उल्लेखनीय रूपमा बढाएको र बासिन्दाहरूलाई अनावश्यक यात्रा नगर्न र रहन सतर्क रहन आग्रह गरेको उनले बताएका छन् ।

यस क्षेत्रमा प्रतिकूल मौसमको अवस्था जारी रहँदा उद्धार टोलीलाई उच्च सतर्कतामा राखिएको उनले पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट