Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

खैरो हेरोइनसहित तीन जना पक्राउ

खैरो हेरोइनसहित तीन जना पक्राउ

मकवानपुर : मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ फारलाईन सेल्फिरोडबाट अवैध लागुऔषध खैरो हेरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले ४ ग्राम ६ सय ९० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिका १२ बस्ने २८ वर्षीय उमेश विक, हेटौँडा उपमहानगरपालिका ४ बस्ने ५० वर्षीय देव लामा र राक्सिराङ गाउँपालिका ३ केराबारी बस्ने २९ वर्षीया सिर्जना दोङ रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । हेटौँडा बजारबाट फारलाईनतर्फ जाँदै गरेको ना२ह ९४४ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट