Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

समय गुज्रिएपछि उम्मेदवारी फिर्ता लिन पुगेपछि….

समय गुज्रिएपछि उम्मेदवारी फिर्ता लिन पुगेपछि….

म्याग्दी : २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत निर्वाचन आयोगले शुक्रबार उम्मेदवारी फिर्ताको समय तोकेको थियो । बिहान १० बजे कार्यालय खुलेपछि दिउँसो १ बजेसम्मको समय निर्वाचन आयोगले तय गरेको थियो । ६ गते उम्मेदवारी मनोनयन दर्ता गरे पनि निर्वाचनमा सहभागी हुन नचाहने उम्मेदवारहरूले यो समयभित्र उम्मेदवारी फिर्ता लिनुपर्ने थियो ।

सोही बमोजिम विभिन्न जिल्लामा उम्मेदवारहरू फिर्ताका लागि पुगे र उम्मेदवारी मनोनयन फिर्ता लिए । म्याग्दीका दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने जनाएका थिए । तर, उनीहरू निर्धारित समयभित्र आयोगको कार्यालय नपुगेपछि उनीहरूको उम्मेदवारी कायम रह्यो ।

उनीहरू थिए, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका युवराज रोका र नेशनल रिपब्लिक नेपाल पार्टीका तुलप्रसाद गर्बुजा (तार्जन) । दुवैले म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने जनाएका थिए । दुवैले विज्ञप्ति नै जारी गरेका थिए । तर, समयभित्र उम्मेदवार उपस्थित नभएपछि आयोगमा उनीहरूको उम्मेदवारी कायम भएको छ ।

समयभित्रै कार्यालय पुगेका स्वतन्त्र उम्मेदवार नवीन जीसीको उम्मेदवारी भने फिर्ता भएको छ । उनले अर्का स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । जीसीको उम्मेदवारी फिर्तापछि म्याग्दीमा १२ उम्मेदबार कायम भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट