Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मनाङमा लामा गुरुले चिठ्ठा थुताए , कांग्रेसको उम्मेदवारलाई समर्थन गर्दै एमाले र राप्रपाका उम्मेदवार पछि हटे

मनाङमा लामा गुरुले चिठ्ठा थुताए , कांग्रेसको उम्मेदवारलाई समर्थन गर्दै एमाले र राप्रपाका उम्मेदवार पछि हटे

मनाङ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई समर्थन गर्दै नेकपा एमाले र राप्रपाका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुविरसिङ गुरुङले उम्मेदवारी फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् । मनाङमा अब नेपाली कांग्रेसका गुरुङ। नेपाली कम्युनिस्ट पार्टी यशोदा सुवेदी रमंगलोल नेशनलबाट रामबहादुर घले बिच प्रतिस्प्रर्धा हुने छ ।

मनाङमा कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी भएपछि गाउँमा भएका लामा गुरुहरूले मिलाउने प्रयास गरेको र चिट्ठा तान्दा कांग्रेसको भागमा परेपछि एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको हो । बिहीबार भ्राताङमा भएको भेलामा प्रदेशका २ निर्वाचन क्षेत्र अब एमालेले पाउने सहमति भएको छ । मनाङमा लामा गुरुहरूले मिलाउने प्रयास परम्परा पुरानो हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट