Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

प्रचण्ड र माधवको हरिबोललाई निर्देशन : महेश्वरको उम्मेदवारी फिर्ता गराउनु

प्रचण्ड र माधवको हरिबोललाई निर्देशन : महेश्वरको उम्मेदवारी फिर्ता गराउनु

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले नेता हरिबोल गजुरेललाई सिन्धुली–२ बाट बागी उम्मेदवारी दिएका महेश्वर दाहालको उम्मेदवारी फिर्ता गर्न विशेष निर्देशन दिएका छन् ।

 शुक्रबार दुवै नेताले हस्ताक्षर गरेर गजुरेललाई लिखित निर्देशन दिएका हुन् ।  गजुरेल नेकपाको आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध उठेका दाहालका प्रस्तावक हुन् । 

‘केन्द्रीय सदस्य कमरेड महेश्वर दाहालले पार्टी निर्णय विरुद्ध अनधिकृत रूपमा मनोनयपत्र दर्ता गरेको कार्यमा तपाईं प्रस्तावक रही सहयोग भएको पुष्टि भएकोले तत्काल उक्त अनधिकृत मनोनयपत्र फिर्ता गराई पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन तथा सहयोग गरी पार्टीको निर्णय कार्यान्वयन गर्न तपाईंलाई पार्टी केन्द्रीय कार्यालयको तर्फबाट विशेष निर्देशन जारी गरिएको छ’, प्रचण्ड र नेपालले दिएको निर्देशनमा भनिएको छ ।

615250103_1912125353040178_1429934811711509463_n

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट