Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

पर्वतमा एमाले उम्मेदवार पदम गिरी भन्छन्: पवित्र भावका साथ स्वच्छ प्रतिस्पर्धामा उत्रिन्छु

पर्वतमा एमाले उम्मेदवार पदम गिरी भन्छन्: पवित्र भावका साथ स्वच्छ प्रतिस्पर्धामा उत्रिन्छु

पर्वत : नेकपा (एमाले) का पर्वत जिल्ला प्रतिनिधिसभा उम्मेदवार पदम गिरीले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको उल्लेख गर्दै आफू पवित्र भावनाका साथ स्वच्छ र सभ्य प्रतिस्पर्धामा उत्रिने बताएका छन्। मंगलबार उम्मेदवारी दर्ता गराएका गिरी बुधबार आफ्नो निर्वाचन क्षेत्रमा पुगेका हुन्। सो क्रममा उनले पर्वतका जनताको सेवाका लागि इमानदार भावनाका साथ आफू मैदानमा आएको स्पष्ट पारे।

‘म पवित्र भावनाका साथ पर्वतका जनताको सेवा गर्न आएको हुँ। मेरो मन कञ्चन छ, म खुला किताब जस्तै छु,’ गिरीले भने, ‘चुनावी प्रतिस्पर्धामा अरू उम्मेदवारमाथि आरोप–प्रत्यारोप र गालीगलौज गर्नु हुँदैन। आफ्ना एजेन्डा, योजना र विचार लिएर जनतामा जानु नै हाम्रो लोकतान्त्रिक संस्कार हो।’
उनले जनताको घरदैलोमा पुगेर आफ्ना योजना प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अर्जुन जोशीलाई फोन गरेर स्वच्छ र सभ्य प्रतिस्पर्धाका लागि आग्रह गरेको पनि गिरीले बताए।

गिरीले परम्परागत गालीगलौजको राजनीतिक शैलीलाई परिवर्तन गर्दै जनताको विश्वास जित्ने आफ्नो लक्ष्य रहेको स्पष्ट पारे। उनले आफ्नो ३६ वर्ष लामो राजनीतिक अनुभव तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धलाई पर्वत जिल्लाको समग्र विकासमा अर्पण गर्ने बताए । जेन–जी आन्दोलनको भावना समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै गिरीले आफू परिवर्तनको संवाहक बनेर आएको उल्लेख गरे। साथै, पार्टीभित्र देखिएको आन्तरिक विवादसमेत अन्त्य भइसकेको उनले बताए।
उम्मेदवार गिरीले माटोलाई ढोग्दै निर्वाचन क्षेत्रप्रति सम्मान प्रकट गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट