Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहर बनाउँछु’ : उम्मेदवार रेनु दाहाल

‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहर बनाउँछु’ : उम्मेदवार रेनु दाहाल

माडी : नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं. ३ की उम्मेदवार रेनु दाहालले 'माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहरका रूपमा विकास गरेरै छाड्ने' दृढता व्यक्त गर्नुभएको छ।

नेकपा माडी-५ वडा कमिटीद्वारा विहिबार (आज) रमाइलोडाँडामा आयोजित उम्मेदवार परिचय कार्यक्रममा मुख्यतः महिला सहभागीहरूलाई सम्बोधन गर्दै दाहालले 'माडीमा बाढी तथा नदीकटान नियन्त्रण, जंगली जनावरको बस्ती प्रवेश रोकथाम तथा जनधन क्षति न्यूनिकरण, भूमिगत वा लिफ्ट सिँचाइको विस्तार र पर्यटकीय पूर्वाधारसम्बन्धी ठूला योजना सञ्चालन गर्ने' प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्बोधनका क्रममा भरतपुर महानगरपालिकाकी निवर्तमान मेयरसमेत रहनुभएकी दाहालले 'अब माडीलाई पनि भरतपुरजस्तै विकासको मूलप्रवाहमा जोड्न केही लाखका साना योजनाभन्दा करोडौँका ठूला विकास आयोजना कार्यान्वयन गरिने' बताउनुभयो। 'आफूले बोलेको कुरा पूरा गरेरै छाड्ने र भनेको काम गरेर देखाउने स्वभाव रहेको' उहाँको भनाइ थियो।

उहाँले भरतपुर-माडी-ठोरी सडकको पूर्णता, ठोरी नाकालाई स्थायी रूपमा भन्सार कार्यालयसहित सञ्चालन, ठोरी-केरुङ लोकमार्ग स्थापना गरी त्रिदेशीय पारवहन प्रणाली सञ्चालनलगायतका योजनाहरू तत्कालीन तथा दीर्घकालीन योजनामार्फत अघि बढाइने र ती सबैलाई आफ्नो प्रतिबद्धतापत्रमा समेटिने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट