Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मनमैँजुमा २२ लाख बराबरको धनमाल चोरी

मनमैँजुमा २२ लाख बराबरको धनमाल चोरी

काठमाडौँ : राजधानीको तारकेश्वर नगरपालिका–१० मनमैँजुमा एक व्यक्तिको कोठाबाट ठुलो परिमाणमा धनमाल चोरी भएको छ। म्याग्दी धौलागिरी नगरपालिका–७ घर भई हाल मनमैंजुमा डेरा गरी बस्ने ४५ वर्षीया एलिजिबा पुनको कोठामा बुधबार बिहान चोरी भएको हो।

प्रहरीका अनुसार पुनको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहनाहरू चोरी भएका छन्। चोरी भएका सामानको बजार मूल्य करिब २१ लाख ८५ हजार रूपैयाँ बराबर रहेको छ। पीडितले दिएको जानकारीका आधारमा प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी अनुसन्धान अगाडि बढाएको छ।

चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन्। प्रहरीले फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र घटनाको विषयमा थप आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट