Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ : नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो । महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ९०० रुपैयाँले कम हो । बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, १० ग्राम सुनको मूल्य बिहीबार २ लाख ५० हजार ५१५ रुपैयाँ कायम भएको छ । बुधबार १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ थियो । चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँ थियो । १० ग्राम चाँदीको मूल्य बिहीबार ५ हजार ३३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १० ग्राम चाँदी ५ हजार ७६ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट