Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

भरतपुर महानगरमा रेनु दाहालको ९ वर्षे कार्यकाल : कानुन निर्माणदेखि विकाससम्मको सफल नेतृत्व

भरतपुर महानगरमा रेनु दाहालको ९ वर्षे कार्यकाल : कानुन निर्माणदेखि विकाससम्मको सफल नेतृत्व

भरतपुर  : भरतपुर महानगरपालिकामा नौ वर्ष नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै रेनु दाहालले आफ्नै नेतृत्वमा सयौँ ऐन, कानुन तथा कार्यविधि निर्माण गरेकी छन्। औपचारिक रूपमा कानुन विषयकी विद्यार्थी नभए पनि, नगर प्रमुखको जिम्मेवारी पाएसँगै उनले कानुनको विद्यार्थी र कानुन निर्माणकर्ताको भूमिका प्रभावकारी रूपमा निर्वाह गरिन्।

संविधान अनुसार स्थानीय तहमा नगर प्रमुख कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको प्रमुख हुने व्यवस्था रहेको छ। यही संवैधानिक जिम्मेवारीलाई आत्मसात् गर्दै दाहालले समयसापेक्ष र व्यवहारिक कानुन निर्माणमा जोड दिइन्। उनले निर्माण गरेका ऐन तथा कानुन संघ र प्रदेशका कानुनसँग नबाझिने गरी तयार गरिएका छन्। भरतपुर महानगरमा बनाइएका कुनै पनि ऐन कानुन हालसम्म बाझिएको वा फेल भएको छैन भने महानगर विरुद्ध परेका मुद्दामा समेत हार बेहोर्नु परेको छैन।

कानुन निर्माणमा देखाएको कुशलता, विज्ञता र दूरदर्शिताका कारण भरतपुर महानगरलाई कानुनी रूपमा सबल बनाइएको स्थानीय जानकारहरू बताउँछन्। यसअघि संविधान सभाको सदस्य रहँदा दाहालले गुल्मी जिल्लाका जनताको भावना अनुसार गणतान्त्रिक नेपालको संविधान निर्माणका लागि ड्राफ्ट तयार गर्ने कार्यमा समेत सक्रिय भूमिका निर्वाह गरेकी थिइन्। उनले नोट गरेका थुप्रै बुँदा हालको संविधानमा समावेश छन्।

अनुभव, व्यवहार र जिम्मेवारीबाट सिकिएको ज्ञानले नेतृत्वलाई अझ प्रभावकारी बनाउने उदाहरणका रूपमा रेनु दाहाललाई हेरिएको छ। कानुन र विकासलाई सँगसँगै अघि बढाउँदै उनले नेपालकै लोकप्रिय मेयरको रूपमा इतिहास रचेकी छन्। यही पृष्ठभूमिमा चितवनकी छोरी रेनु दाहाललाई चितवन क्षेत्र नम्बर ३ बाट भारी मतका साथ विजयी गराउनुपर्ने आवाज स्थानीय स्तरमा बलियो बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट