Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

चितवन : भरतपुर–७, कृष्णपुरस्थित अङ्रम् एकेडेमीमा विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ खेलकुद सप्ताह सुरु भएको छ । कृष्णपुरस्थित खेलकुद मैदानमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच खेलकुद सप्ताहको उद्घाटन गरिएको हो । कार्यक्रममा विद्यालयका प्राचार्य सुमन पौडेलले बेलुन उडाएर खेलकुद सप्ताहको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीमा अनुशासन, सहकार्य, नेतृत्व र प्रतिस्पधी भावनाको विकास गर्ने बताए ।

उनले नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अपरिहार्य हुने उल्लेख गरे । विद्यालयको शैक्षिक क्यालेन्डरअनुसार माघ ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने खेलकुद सप्ताहमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको छ । अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीका लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यले खेलकुद सप्ताह आयोजना गरिएको विद्यालयले जनाएको छ । खेलकुद सप्ताहअन्तर्गत म्युजिकल चेयर, चेस, बेलुन ब्लास्ट, बल्स टनेल रेस, ७५ मिटर तथा १०० मिटर दौड, चकलेट रेस, तातो आलु, म्याथ रेस, पिरामिड रेस, स्पुल एण्ड मार्बल रेस, टग अफ वार, ब्लो द बल, इङ्ग्लिस रेस, थ्रेड एण्ड निडल रेस, छात्र फुटबल, टेबल टेनिस, बास्केटबल, ५ किलोमिटर म्याराथन, हाइजम्प, लङ जम्प, भलिबल र छेलोलगायत करिब तीन दर्जन खेलहरू समावेश गरिएको तह प्रमुख अर्जुनजी शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट