Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवन–३ मा पूर्वमेयर रेनु दाहालको उम्मेदवारी दर्ता

चितवन–३ मा पूर्वमेयर रेनु दाहालको उम्मेदवारी दर्ता

चितवन : चितवन क्षेत्र नम्बर ३ मा नेकपा उम्मेदवार रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छिन्। दाहालले रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्।

उम्मेदवारी दर्ता गर्नु अघि मंगलबार बिहानै उनले भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएकी थिइन्। उम्मेदवारी दर्तापछि दाहालले चुनावी मैदानमा आफूलाई प्रतिस्पर्धी कम भएको बताइन्।

उनले भनिन्, “जनताले भरतपुरकी छोरीले काम गर्छिन् भनेर मत दिनेछन्। पहिले दुई पटक मत दिएर जिताइसके, यसै क्षेत्र नम्बर ३ बाट पनि जिताउँछन्। मेयर हुँदा गरेको विकास र निर्माणका कामलाई हेरेर जनताले मत दिनेछन्।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट