सिरहा : नेपाली कांग्रेसले सिरहा जिल्लाका चारै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुंगो लगाएको छ। पार्टीको निर्णयअनुसार यसपटक सिरहाका सबै निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाइएको छ।
कांग्रेसले निर्वाचन क्षेत्र नं. १ बाट रामसुन्दर चौधरी, क्षेत्र नं. २ बाट रामचन्द्र यादव, क्षेत्र नं. ३ बाट डा. शुभासचन्द्र यादव र क्षेत्र नं. ४ बाट चन्द्रकला देवी यादवलाई उम्मेदवार घोषणा गरेको हो।
पार्टीले आगामी निर्वाचनमा नयाँ उम्मेदवारमार्फत जनसमर्थन बढाउने रणनीति लिएको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij