Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रास्वपाले रुपन्देहीमा ३ जनाको नाम टुंगो लगायो, बाँकी दुईमा छलफल जारी

रास्वपाले रुपन्देहीमा ३ जनाको नाम टुंगो लगायो, बाँकी दुईमा छलफल जारी

बुटवल : प्रतिनिधि सभाको निर्वाचनका लागि रास्वपाले रुपन्देहीमा तीन जनाको नाम टुङ्ग्याएको छ । क्षेत्र नम्बर १ मा पार्टीका महामन्त्री सुनिल लम्साल एमालेका नेता दधिराम खरेलसँग भिड्नेछन् भने २ मा इन्जिनियर आशीष सुवेदी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग भिड्नेछन् । 

यसअघि उपनिर्वाचनका बेला नै क्षेत्र नं ३ मा डा. लेखजंग थापाको नामलाई पार्टीले सर्वसम्मत गरिसकेको जनाएको छ । रुपन्देहीका अन्य दुई क्षेत्रमा नयाँ अनुहार ल्याउने विषयमा पार्टी आन्तरिक छलफलमा जुटेको जनाएको छ । रास्वपा स्रोतका अनुसार क्षेत्र नं ४ मा आजै लोसपाबाट राजीनामा दिएका कनैया बानियाँलाई टिकट दिइने भएको छ भने क्षेत्र नं ५ मा पनि पार्टी बाहिरका नेतालाई उम्मेदवार बनाउने विषयमा छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट