चितवन : नेकपा (एमाले) ले चितवन निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा उम्मेदवार परिवर्तन गरेको छ । पार्टीले यसअघि जिल्ला अध्यक्ष कमल पाठकलाई उम्मेदवार बनाउने घोषणा गरेकोमा अन्तिम समयमा पूर्वमन्त्री तथा पूर्वप्रदेशसभा सदस्य दावा दोर्जे लामालाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे ।