Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

पूर्णबहादुर खड्का प्रतिनिधिसभा निर्वाचन नलड्ने

पूर्णबहादुर खड्का प्रतिनिधिसभा निर्वाचन नलड्ने

काठमाडौँ : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् ।  सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिसमा भएका खड्का प्रचार– प्रसारका लागि देशभर जाने तर निर्वाचन नलड्ने निर्णयमा पुगेका उनी निकट स्रोतले जानकारी दियो ।

‘उहाँ (पूर्णबहादुर खड्का) निर्वाचन नलड्ने निर्णयमा पुग्नुभयो । तर, चुनाव प्रचार–प्रसारका लागि देशभर जानुहुन्छ । पार्टीलाई जिताउन लाग्नुहुन्छ,’ खड्का निकट स्रोतले भन्यो । उनले पार्टीलाई एक ढिक्का बनाउन देशभर रुख र चार तारे झण्डाको प्रचार प्रसारका लागि जाने बताएको उनका एक सहयोगीले जानकारी दिए ।   

नेता खड्काले सर्वोच्च अदालतमा दाय गरेको मुद्दामा जुनसुकै फैसला आए पनि कांग्रेसलाई एक ढिक्का बनाउन लाग्ने आफूनिकट नेताहरूसँग बताएको ती सहयोगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट