Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

उम्मेदवार टुंग्याउन कांग्रेस संसदीय बोर्डको बैठक बस्दै

उम्मेदवार टुंग्याउन कांग्रेस संसदीय बोर्डको बैठक बस्दै

काठमाडौँ : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्दैछ । पार्टीको उम्मेदवार तय गर्न केही बेरमा बैठक बस्ने तयारी रहेको सहमहामन्त्री डा.डिला संग्रौला पन्तले जानकारी दिइन् ।

 

‘अहिलेसम्म कतैको पनि उम्मेदवार फाइनल भएको छैन । केही बेरमा टुंग्याउन संसदीय बोर्डको बैठक बस्दैछौँ,’ सहमहामन्त्री डा. संग्रौलाले रातोपाटीसँग भनिन्, ‘सबैलाई मिलाएर उम्मेदवारको टिकट वितरण गर्ने प्रयास भएकाले केही ढिलो भएको हो । अब मिलाउँछौँ ।’

 

उनले निवर्तमान सभापति र डा. शेखर कोइराला समूहलाई पनि मिलाएर टिकट वितरणको प्रयास भइरहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट