Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रास्वपाले बनायो प्रकाशलाई समानुपातिक उम्मेदवार, जसको रक्ताम्य जुत्ता बनेको थियो जेनजी आन्दोलनको आइकन

रास्वपाले बनायो प्रकाशलाई समानुपातिक उम्मेदवार, जसको रक्ताम्य जुत्ता बनेको थियो जेनजी आन्दोलनको आइकन

सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका दैलेखका प्रकाश प्रकाशबहादुर बोहोरालाई समानुपातिक उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको रास्वपाको समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ बोहोराको नाम चार नम्बरमा समावेश भएको हो ।

रास्वपाले बन्दसूची दर्ता गराउँदा कर्णालीबाट तीन जनाको नाममात्रै समावेश गरेको थियो, जसमा रुकुम पश्चिमबाट प्रेमबहादुर बोहोरा, सिर्जना ओली ‘सिज्जू’ र हुम्लाबाट टासी ल्हान्जोमको नाम थियो । सिज्जुले आफ्नो नाम फिर्ता लिएकी थिइन् भने टासीको नाम भूराजनीतिक कारण भनेर रास्वपाले नै हटाइदिएको चर्चा छ । सार्वजनिक बन्दसूचीमा भने कर्णालीका ५ जना समावेश भएका छन् । रास्वाको बन्दसूचीमा जेनजी घाइते बोहोरा, कालिकोटका पवन शाही, रुकुम पश्चिमका बोहोरा र सुर्खेतमा हिरालाल बादी र सीता बादीको नाम समेटिएको छ ।

दैलेख नारायण नगरपालिका—८ का बोहोरा जेनजी आन्दोलनमा घाइते भएका थिए । उनको रक्ताम्य एउटा जुत्ता जेनजी आन्दोलनको ‘आइकन’कै रूपमा चर्चित भएको थियो । २३ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा उनलाई गोली लागेको थियो । प्रकाश अझै अस्पतालमै छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट