Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

काठमाडौं : नेपाल प्रहरीका आठ जना डीआईजीको सरुवा भएको छ ।प्रहरी प्रधान कार्यालयले अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरेको हो ।यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्टको पनि सरुवा भएको छ ।

पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा, सापकोटालाई कर्णाली प्रदेशमा, आचार्यलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र रेग्मीलाई अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा गरिएको छ ।

यसैगरी क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा, खत्रीलाई केन्द्रीय अनुसन्धान व्युरो लाजिम्पाटमा, श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा र भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा सरुवा गरिएको छ ।

Dig-Saruwa-1 (1).jpg

undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट