काठमाडौं : लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार लागुऔषध कारोबारीसँग रकम लिएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
‘कानुनका अघि सबै बराबरी हुन् । प्रहरीले नै गल्ती गरे पनि छाड्ने कुरा भएन । कानुन विपरीत काम गर्नेलाई प्रहरीले कानुनी दायरामा ल्याउँछ,’ एसपी भट्टराईले भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij