Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कांग्रेस सभापति थापाले बोलाए केन्द्रीय समिति बैठक

कांग्रेस सभापति थापाले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौँ : नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेका छन् । निर्वाचन आयोगबाट शुक्रबार आधिकारिकता पाएसँगै सभापति थापाले केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्नेछ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ । विशेष महाधिवेशनबाट निर्वाचित भएपछि शुक्रबार थापा नेतृत्वको नयाँ कार्यसमितिले निर्वाचन आयोगबाट आधिकारिकता पाएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट