काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ मै चुनाव हुने बताएका छन् । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले चुनाव हुने र पार्टीले बहुमत ल्याउने बताएका हुन् ।
‘चुनाव हुन्छ, हुन्छ । कांग्रेसले बहुमत ल्याउँछ’ उनले भने । कांग्रेसमा अहिले आधिकारिकताको विवाद चर्किएको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कांग्रेस र शेरबहादुर देउवा नेतृत्वको कांग्रेस दुवैले निर्वाचन आयोग पुगेर आधिकारिकताको दाबी गरेका छन् ।
आजै दुवै कांग्रेसका नेताहरू निर्वाचन आयोग पुगेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij