काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले त्रिविमा हाजिर मात्र गरेर जागिर खाने अवस्थाको अन्त्य गर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)को ४९औं वार्षिकोत्सवमा केसीले अनुसन्धान तथा अनुगमन निर्देशनालय लगायतका अन्य अनुसन्धान केन्द्र हाजिर मात्र गर्ने निकायको रूपमा रहिआएको विद्यमान परिस्थितिको अन्त्य गरिने बताए ।
उनले आफू अनुसन्धान केन्द्रको विघटनको पक्षमा नरहेको पनि बताए । ‘अनुसन्धानमा संलग्न नहुने शिक्षकहरूको नाम पठाउनुहोस्, तुरुन्तै सरुवा गर्छौं,’ उनले भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij