Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भक्तपुरसहित विभिन्न स्थानमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

भक्तपुरसहित विभिन्न स्थानमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौँ : देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–९ साँगा झोलुङ्गे पुल नजिकै बुधबार दिउँसो बा.प्र. ०१-००६ ख ४८९४ नम्बरको बस र बा.प्र.०२-०४५ प १४२१ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा ६० वर्षीय दिल बहादुर ठकुरीको मृत्यु भएको हो। 

काठमाडौँ बुढानिलकण्ठका ठकुरीको भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो भने घाइते स्कुटर चालकको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

यसैगरी, जाजरकोटको छेडागाड नगरपालिका–५ रातिपोरी भिर नजिकै बुधबार राति ट्याक्टर दुर्घटना हुँदा चालक ३१ वर्षीय नर बहादुर लुहारको मृत्यु भएको छ। मनघाटबाट खारा बजारतर्फ जाँदै गरेको भ.१ द ६५ नम्बरको ट्याक्टर सडकमा दुर्घटना भएपछि गम्भीर घाइते भएका लुहारको नगर अस्पताल बडाबनमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले घटनाको थप कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।

त्यस्तै, अछामको मेल्लेख गाउँपालिका–७ मा बुधबार साँझ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ४२ वर्षीय उज्जल बहादुर बोहराको ज्यान गएको छ। सु.प.प्र.०३-००१ प ०६०१ नम्बरको मोटरसाइकल चालक बोहराको प्रादेशिक अस्पताल बयलपाटामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। सबै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट