Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

काठमाडौँको भिमसेनगोलामा चोरी

काठमाडौँको भिमसेनगोलामा चोरी

काठमाडौँ : काठमाडौँ महानगरपालिका–३१ भिमसेनगोला मार्गमा डेरा गरी बस्ने ५५ वर्षीय टेकबहादुर खत्रीको कोठाबाट धनमाल चोरी भएको छ ।

खत्रीको कोठाबाट सुनका गरगहना र नगद समेत गरी करिब २ लाख २० हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको हो । चोरीमा संलग्न व्यक्ति हाल फरार रहेकाले निजको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

यस घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट