काठमाडौं : गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि घोषणापत्र निर्माण समिति गठन गरेको छ । आज बसेको गगन नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि बोल्दै सो पार्टीका प्रवक्ता देवराज चालिसेले गगनको नेतृत्वमा घोषणापत्र निर्माण समिति गठन गरेको जानकारी दिए । ‘पार्टी सभापति गगन थापाको नेतृत्वमा घोषणापत्र निर्माण समिति गठन गरिएको छ । उक्त समितिले समयानुकुल र युवामैत्री घोषणापत्र निर्माण गर्नेछ,’ उनले भने ।
यस्तै आगामी निर्वाचनका लागि निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी सो पार्टीका उपसभापति विश्वप्रकाश शर्मालाई दिइएको छ । गाउँगाउँमा पुगेर युवा देखि आम मतदाताहरुलाई पार्टीप्रति आकर्षित गर्ने विश्वाससहित निर्वाचन परिचालन समिति गठन गरिएको उनले बताए ।
त्यस्तै विशेष महाधिवेशन लगायतका विवरणहरु अध्यावधिक गर्ने निर्णय समेत आजको बैठकले गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij